इप्रका तुलसीपुरको जग्गा हटाउन टोलले गरेको सहमतिको विरोध

तुलसीपुर, ९ जेठ ।
दाङको तुलसीपुर स्थित इलाका प्रहरी कार्यालयको जग्गामा बसेकाहरुले आफै घर हटाउने भनि शुक्रबार टोलले सहमति जनाएको थियो । प्रहरी कार्यालय तुलसीपुरको जग्गामा बनेका ९ वटा घर हटाउने तर, ऐलानीलाई भने नछुने भनि हिमाल टोल विकास संस्थाका अध्यक्ष पर्साराम वलीले सहमति जनाएपनि सम्बन्धित जग्गामा बसेकाहरुले भने विरोध जनाएका छन् । उनीहरुले आफूहरुले यसमा कुनै सहमति नजनाएको प्रतिक्रिया दिएका छन् । आफूहरुको उचित ब्यबस्थापन नहुँदासम्म घर नछोड्ने उनीहरुको भनाई छ ।


ईलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा दर्ता श्रेष्ता भएको नक्सा नम्वर ५ घ किता नम्वर २६८३ ज को १८६२।४६ वर्गमिटर क्षेत्रफलमा रहेको जग्गा मध्ये उत्तरतर्फको केहि जग्गा अतिक्रमित गरी बनाईएका घरटहरामा तुलसीपुर ५ हिमाल टोल विकास संस्थाले १५ दिन भित्र आफै हटाउने भनेको थियो ।