उपमहानगरपालिका मध्ये बढि बेरुजु हुने पालिका ‘तुलसीपुर’

तुलसीपुर, ७ जेठ ।
उपमहानगरपालिका मध्ये सबै भन्दा बढि बेरुजु हुने पालिका तुलसीपुर उपमहानगरपालिका रहेको छ । जसको बेरुजु दर ४।७१ प्रतिशत रहेको छ । उपमहानगरपालिकाको २४ करोड ९७ लाख रुपैँयाको लेखा परीक्षण हुँदा मात्रै पनि १ करोड १७ लाख रुपेँया बेरुजु रहेको छ ।
२०८०र०८१ मा बेरुजुमा जिल्लाका १० पालिका मध्ये धेरै बेरुजु हुने पालिका बनेको थियो। जतिबेला पटक २।२९ प्रतिशत बेरुजु थियो । ४ अर्ब ७ करोड ७४ लाख रकमको लेखा परीक्षण भएकोमा ८ करोड ९४ लाख १६ हजार बेरुजु देखिएको छ । अहिले त्यो भन्दा बेरुजु दर बढेको छ ।
उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८र०७९ मा ३ अर्ब ५७ करोड ३९ लाख रुपैयाँको लेखापरीक्षण हुँदा २३ करोड, ९१ लाख ३७ हजार बेरुजु देखिएको थियो । जुन ६।६० प्रतिशत थियो । यो बेरुजु उपमहानगरपालिका मध्ये सबै भन्दा धेरै थियो ।


त्यसतै आर्थिक वर्ष २०७९र०८० मा जिल्लामा दोस्रो भयो । जतिबेला ३।१६ प्रतिशत बेरुजु अर्थात १३ करोड २४ लाख ७१ हजार थियो । ४ अर्ब १९ करोड ६७ लाख रुपैयाँको लेखा परीक्षण रकममा उक्त बेरुजु देखिाएको हो ।
उपमहानगरपालिका भरिमा सबै भन्दा कम बेरुजु बुटवल उपमहानगरपालिकाको रहेको छ ।