गुरुजजुरका विद्यार्थी सेवादलको तालिममा उत्कृष्ट, विद्यालयद्वारा सम्मान

तुलसीपुर, १३ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.४ स्थित गुरुजजुर नमुना माध्यामिक विद्यालयले राष्ट्रिय सेवादल(एनसीसी)बाट ‘उत्कृष्ट प्लाटुन’ बन्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

आईतबार विद्यालयमा कार्यक्रम गरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सेवा दलको तालिममामा उत्कृष्ट सेवा दलको उपाधी हात पार्न सफल भएको भन्दै सम्मान गरेको हो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण खड््काको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको हो ।

विद्यार्थीहरुले कोलहपुरमा भएको २१ दिनको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जुनियर डिभिजनको संस्कृतिक प्रदर्शनीमा प्रथम, छात्र फुटबलमा प्रथम भएका थिए । संस्कृतिक प्रशर्दनमा प्रथम भएसंगै उक्त प्लाटुन राष्ट्रिय कार्यक्रममा समेत सहभागि हुन पाउनेछ । त्यस्तै विनिता केसी दक्षिण एसियाली मुलुकको कार्यक्रममा समेत सहभागिता हुन पाउने भएकी छन् ।

त्यस अवसरमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खड्काले विद्यार्थीहरुले हाँसिल गरेको यो उपलब्धीले विद्यालयको शिर उचो बनाएको बताए । विद्यार्थीहरुलाई अनुशासित, सामाजिक सुरक्षामा दत्तचित्त बनाउने तथा शान्ति सुरक्षाकालागि उचित जनशक्ति उत्पादनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई थियो । विद्यालयले यसरी उपलब्धी हाँसिल गर्ने कुराले सामुदायिक विद्यालयहरु पनि शसक्त हुन्छन्, भन्ने सन्देश दिएको विद्यालयका प्रधानाध्यापक विष्णु केसीले बताईन् ।

कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक प्रमोद कुमार न्यौपानेले गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले मार्च पास गर्नुकासाथै खुकुरी डिल समेत प्रस्तुत गरेका थिए । साथै विद्यार्थीहरुले आफूले प्राप्त गरेका मेडल तथा उपाधीहरु विद्यालयलाई हस्तान्तरण गरेका थिए ।


https://www.facebook.com/reel/738134612674316/?s=single_unit

https://www.facebook.com/reel/1661823861450958/?s=single_unit

https://www.facebook.com/reel/892460279982945/?s=single_unit