बन रक्षक बनाइदिने भन्दै पूर्वमन्त्री यादवले मागेका थिए चारलाख

दाङ,३ साउन । बन रक्षक बनाईदिने भन्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री बिजयबहादुर यादवले चारलाख घुस मागेका दाङका एक युवाले आरोप लगाएका छन् । लुम्बिनी प्रदेशको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री बनेका बेला बाँकेका यादवले दाङ दंगीशरण गाउँपालिका ४ मिरौली निवासी ३७ बर्षीय हेतराम चौधरीसंग बिभिन्न समयमा गरि चार लाख रुपैँया घुस रकम लगेको आरोप लगाएका छन् ।

हेतरामले आफ्ना २५ बर्षीय भाइ कृषण लाई बन रक्षक बनाइदिन गुहार गर्दै मन्त्रीको सम्पर्कमा पुगेका थिए । त्यसपछि मन्त्रीले पैसा दिए बन रक्षक बनाईदिने आस्वासन दिएपछि हेतरामले सोही बराबरको रकम दिएको बताएका छन् ।‘उहाँ मन्त्री भएको बेला भाइलाई बन रक्षक बनाईदिनकालागि मैले सहयोग मागेको थिएँ’,उनले भने‘मन्त्रीले पैसा दिए बन रक्षक बनाईदिने आस्वासन दिनुभएको थियो, अनि मैले बिभिन्न समयमा ४ लाख दिएँ ।’

हेतरामले मन्त्री यादवको खातामा पटक / पटक गरि साढे दुईलाख बढी रकम दिएको बताएका छन् । सोही रकम पठाएको भौचारपनि उनीसंग सुरक्षित छ । बाँकी डेढ लाख भने बुटवलस्थित मन्त्री निवासमै बुझाएको हेतरामको दावी छ । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले यादवलाई मन्त्री नियुक्त गरेका थिए । उद्यपी तत्कालिन अबस्थामा यादव प्रदेश सांसद थिएनन् । जसपाले निणर्य विपरित कार्य गरेकाले कारवही गरेपछि उनको सांसद पद गएको थियो । त्यही बेला मुख्यमन्त्री पोखरेलले यादवलाई १९ वैशाख २०७८ मा मन्त्री नियुक्त गरेका थिए ।

पीडित

त्यसको तीन महिनापछि प्रदेश लोकसेवा आयोगले १०६ जना बन रक्षकको विज्ञापन खोलेको थियो । त्यही पदमा चौधरीलाई जागिर लगाईदिने नाममा तत्कालिन मन्त्री यादवले पैसा लिएपनि नाम ननिकालिदिएको चौधरीको गुनासो छ ।‘उहाँले पैसा लिनुभयो’,उनले भने‘तर, बन रक्षक बनाइदिनु भएन ।’

भाईको नाम ननिस्किएको अबसथमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासका सोम जनैदार भेटिए । जनैदारले मन्त्रीसंग चिनजान भएकाले भनसुन गरेर भएपनि बैकल्पिकमा नाम निकालिदिने आश्सावन दिए र, मन्त्रीसंग पनि भेटाईदिए ।


त्यसपछि मन्त्रीले बैकल्पिकमा नाम निकाल्दिने कुरामा ढुक्का हुन भन्दै घर पठाए र केही मोवाईल नम्बरहरु पनि दिएर फोन गर्न भने ।‘मन्त्रीसंग भेटेपछि केही नम्बरहरु पनि दिनुभयो, पछि म्यासेज आउछ ढुक्क भएर घर जानु भन्नु भयो’,उनले भने । पछि पनि मन्त्रीसंग फोन भइरहन्थ्यो । त्यो बेला पनि मन्त्रीले पटक-पटक पैसा मागि रहन्थे । हेतरामले मन्त्री यादवकै नाममा आईएमी गरिरहन्थे । पैसा पाइसकेपछि मन्त्रीले फोन उठाउन छाडेको हेतरामको गुनासो छ ।

साहुसंग ऋण लिएर हेतरामले मन्त्रीलाई पैसा पठाएका थिए । मिस्त्री काम गर्ने चौधरीको आफ्नो नाममा एक टुक्रा जग्गा छैन । हाल उनी ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् । त्यही पैसाले गर्दा हाल घरमा पनि कलह हुने गरेको छ । यो विषयमा प्रतिक्रिया लिन खोज्दा पूर्वमन्त्री यादव सम्पर्कमा आउन सकेनन् ।

यादव ३१ असारमा मात्रै बैकिङ कसुरमा बाँकेबाट पक्राउ परेका थिए । रुपन्देहीको सियारी गाउँपालिका वडा नं. १ का उमाशंकर यादवको १२ लाख २८ हजार रुपैँया फिर्ता नदिएको र दिएको चेक नसाटिएको भन्दै उनी विरुद्ध बैकिंङ कसुर सम्बन्धि मुद्दा परेको थियो । यादवले सोही बराबरको रकम दिएपछि मंगलबार रिहा गरिएको थियो ।

यादव गएको मंसिरमा भएको निर्वाचनमा बाँकेको २ (क) बाट एमालेका उम्मेदवार बनेका थिए । उनी जसपाका भण्डारीलाल यादवसंग पराजित भएका थिए ।