
दाङ,२२ बैशाख ।
दाङको लमही नगरपालिकाले राजश्व बृद्धि गरेको छ । चालु आर्थिक बर्षको पछिल्लो ९ महिनामा नगर–पालिकाले ६ करोड २ लाख १७ हजार रुपैँया संकलन गरेको छ । पालिकाले आघिल्लो आर्थिक बर्षको यो अबधीमा ४ करोड ९३ लाख ९० हजार रुपैँया संकलन गरेको थियो । आर्थिक बर्षको साउनदेखि बैशाखसम्म राजश्व संकलन हेर्दा चालु बर्षमा एक करोड ८ लाख बढि कर संकलन गर्न सफल भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीका अनुसार यस बर्ष करको दायरा बृद्धि गरेसंगै राजश्व पनि बृद्धि भएको बताए ।
“अहिले कुनै पनि ब्यक्तीले माटो विक्री गर्नु प¥यो भने पनि कर तिर्नुपर्छ, विगतमा त्यस्तो थिएन”,उनले भने“यसले पालिकाको कर संकलनमा टेवा पु¥याएको छ ।”माटो विक्रीको करबाटै १५ लाख भन्दा बढि कर संकलन बृद्धि भएको उनले बताए । त्यस्तै यस अघि पालिका भित्र महोत्सव लगाउँदा पनि कर तिर्ने ब्यबस्था थिएन। तर,चालु आर्थिक बर्षदेखि महोत्सव लगाउँदा ५ लाख रुपैँया मेला महोत्सव कर तिर्नुपर्ने ब्यबस्था गरिएको छ ।
यसले पनि कर संकलन बृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । आन्तरिक आम्दानी बृद्धि गर्न सके मात्रै स्थानीय स्तरका नागरिकले चाहे अनुसारको काम गर्न सकिने भन्दै चुहावटका रुपमा रहेका यस्ता कुराहरुलाई राजश्वसंग जोड्ने गरिएको उनको भनाई छ ।“राजश्व चुहावटको समस्यालाई मात्रै हल गर्न सकियो भने पनि त्यसले धेरै राम्रो परिणाम दिन्छ”,उनले भने“यस तर्फ हामीले ध्यान दिनुपर्छ ।”



लाइभदाङ । २२ बैशाख २०८३, मंगलवार ०६:०७ बजे