
रोल्पा, २६ पुस ।
रोल्पामा सुन्तला बोकेको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
दुर्घटनामा गरी चालक माडी गाउपालिका वडा नं. १ भित्ताबाङका २० वर्षिय हुकुम घर्ती मगरको घटनास्थलमै मृत्यु भएको हो भने घाईते हुनेमा रोल्पा त्रिवेणी गाउपालिका वडा नं. ४ चर्कीका चन्द्र बिर घर्ती मगरको १४ वर्षिया छोरी दिलमाया घर्तीमगर, सोहि ठाउँकै कमल घर्तीको १२ वर्षिया छोरी सरीता घर्तीमगर, वडा नम्बर २ नुवागाउका सुकेन्द्र बाठामगरको छोरी ११ वर्षिया करुणा बाठामगर घाइते भएको रोल्पा प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि दाङतर्फ पठाएको प्रहरी जनाएको छ । माडी गाउपालिका वडा नं. १ पाटी खोलामा सुन्तला लोड गरी नेपालगंजतर्फ जाँदै गरेको लु १ च ८६८७ नम्बरको पिकअप गाडी जुँगार–सिम्पानी सडक खण्डको त्रिवेणी–४ मथुरापानीमा शुक्रबार बेलुका पौने ५ बजेतिर दुर्घटनामा परेको हो । गाडी करिब २५ मिटर तल खसेको छ ।



लाइभदाङ । २६ पुष २०८१, शुक्रबार २०:२२ बजे