तिजमिलन तथा अट्वारी विशेष सांस्कृतीक कार्यक्रम

oplus_0

दंगीशरण, १६ भदौ ।
धारापानी आमा समुह दंगीशरण ७ को आयोजना दंगीशरण ७ वडा कार्यालयको समन्वय तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा तिजमिलन तथा अट्वारी विशेष सांस्कृतीक कार्यक्रम दंगीशरण वडा नं. ७ को सिम्ठानामा सम्पन्न भएको छ । वडा नं. ७ का वडा अध्यक्ष रेशम वलीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको बिशिस्ट आथित्यतामा तिजमिलन कार्यक्रम सम्पन्न भएको हो ।

यस्तै वडा नं. ६ मा पनि आजै तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम वडा नं. ६ को कार्यालय श्रीगाउमा सम्पन्न भएको छ । वडा नं. ६ की कार्यवाहक अध्यक्ष उर्मिला परियारको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले संस्कार र संस्कृतीको संरक्षणका लागि आफु निर्वाचित भएर आएपछि निरन्तर माघि महोत्सव,तिजमिलन जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । हरेक जातजातीको माग अनुसारका कार्यक्रमहरु अगाडि सारेको अध्यक्ष गिरीले बताउनुभयो । हरेक जातजातिलाई सम्मान गर्दै भौतिक पुर्वाधार र मानविय विकासलाइ सङ्गै सङ्गै लगेको समेत उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रमकी बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले तिजको नाममा हुने बिकृती बिसङ्गतीको अन्त्यगर्नु पर्ने बताउनुभयो ।अर्को एक प्रसङ्गमा उपाध्यक्ष खड्काले अब राज्यको हरेको क्षेत्रमा महिलाहरुलाइ प्राथमिकता दिनुपर्ने बताउनुभयो । हरेक चाडपर्व मनाउदा देखासिकि भन्दापनि आफ्नो सक्दो अनुसार मनाउन आग्रह गर्नुभयो ।