
तुलसीपुर, ३० चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित एक चिया घरबाट तरवार र खुकुरीसहित ८ जनालाई पक्राउ गरिएको छ ।
शनिबार दिउसो करिब साढे ४ बजेतिर दुई वटा तरवार र एक थान खुकुरी सहित ८जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
उनका अनुसार तुलसीपुर १२ निवासी २० बर्षीय प्रकाश छन्तेल, तुलसीपुर ६ निवासी २१ बर्षीय कमल खड्का, सोही ठाउँका २१ बर्षीय टेकम डाँगी, १८ बर्षीय प्रशान्त भण्डारी १८ बर्षीय रिजन भण्डारी, तुलसीपुर ९ निवासी २४ बर्षीय सुदन वली, तुलसीपुर ५ निवासी २१ बर्षीय आशिष भण्डारी, तुलसीपुर २ निवासी २२ बर्षीय निर्दोश बुढा मगरलाई पक्राउ गरिएको हो ।
तुलसीपुर ६ घाेराही राेड स्थित एक चिया पसलमा धारिलो तरबार र खुकुरी समेत लिई गुण्डा गर्दी शैलीमा अराजक तरिकाले शान्ति सुरक्षामा नै खलल पु-याउने जस्ता गतिविधि गरिरहेका भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरु विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा सात दिन म्याद थप गरि अनुसन्धान गरिएको छ । स्रोतका अनुसार उनीहरुले कुनै ब्यक्तीमाथि आक्रमण गर्ने तयारी गरिरहेका थिए । त्यो सूचना पाएलगतै पुगेको सादा पोशाकको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



लाइभदाङ । ३० चैत्र २०८२, सोमबार २१:५७ बजे