चट्याङ लागेर सल्यानमा एक महिलाकाे मृत्यु

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लामासरा निवासी ४० बर्षिय रामकली कामीको चट्याङ लागेर मृत्यु भएको हो ।

बिहिबार साँझ करिब ७ बजेतिर घरको भान्सा कोठामा बसिरहेको बेला परेको चट्याङले उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


घटना पछि शुक्रबार बिहान इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी नायब निरिक्षक शसिराम वलिको कमाण्डमा ४ जना प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानबाट इनिस्पेक्टर अर्जुन पौडेलको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ लागेको बताइएको छ । चट्याङले स्थानीय दुई घरमा क्षती पुगेको समेत जनाइएको छ ।