तुलसीपुरमा खुल्यो भीआर र भिडियो ग्यामिङ्

तुलसीपुर, १६ मंसिर । दाङको तुलसीपुरमा भिआर र भिडियो ग्यामिङ सञ्चालनमा आएको छ ।

जिल्लामै पहिलो पटक तुलसीपुर ६ मदनआश्रित चोकमा नायक गेमिङ जोन एण्ड स्केट पार्क सञ्चालनमा ल्याईएको हो । तुलसीपुरमा चार जना युवाले भीआर, भिडियो ग्यामिङ र स्केटिङ सञ्चालनमा ल्याएका हुन् ।

मदन मुस्कान खत्री, निर्मल केसी, गेहेन्द्र वली र दिनेश खत्रीले ५० लाखको लागतमा सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेको अबस्थामा युवाहरुले नै स्वदेशमा केही गर्नुपर्छ, भन्ने उक्त कार्य गरिएको सञ्चालक मदनले बताए ।


उनका अनुसार नयाँ खालको भिआर, भिडियो ग्यामिङ सञ्चालनमा आएपछि भिडियो मार्फत मोटरसाईकल, कार चलाउने सक्ने तथा घोडामा जढ्नेजस्ता खेल हुनेछन् । सबै एकै ठाउँमा रहेकाले मनोरञ्जनको भण्डारका रुपमा त्यसलाई लिएको उनले बताए । सबैको आकर्षणको केन्द्र भएकाले पनि माग बमोजिम तुलसीपुर उक्त पार्क सञ्चालनमा ल्याईएको हो ।

सोही कार्यको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले उद्घाटन गरेका हुन् । साथै उद्घाटनको अवसरमा १८ मंसिरसम्म केही छुटको समेत ब्यबस्था गरिएको छ । उद्घाटनको अवसरमा एक सय रुपैँयामा स्केट खेल्न पाइने तथा ३०० मा भिआर गेम र एक सयमै भिडियो गेम खेल्न पाइनेछ ।