‘मेट्रो कलेज’ले अध्ययनकालागि चीन पठाउँदै विद्यार्थी

दाङ,२४ चैत ।
दाङको तुलसीपुर उपमहानगर–पालिकाले सञ्चालनमा ल्याएको तुलसीपुर बहुप्राबिधिक शिक्षालय (मेट्रो कलेज)ले अध्ययनकालागि विद्यार्थीहरुलाई चीन पठाउने भएको छ । ब्याचलर इन होटेल एण्ड टुरिजम म्यानेजमेन्ट(विएचटिएम) का विद्यार्थीहरुलाई थप अध्ययनकालागि चीन पठाउन लागेको हो । कलेजबाट १३ जना विद्यार्थीहरुलाई एक बर्षे अध्ययनकालागि चीन पठाउन लागेको कलेज प्रमुख बसन्त आचार्यले बताए । उनका अनुसार त्यसकालागि दुई महिनादेखि विद्यार्थीहरुलाई चाइनिज भाषा सिकाइरहेको छ । एक बर्ष चीन बसेर आएकी विद्यार्थी तारा भुषालले अहिले चाइनिज भाषा सिकाइरहेका छन्  ।

लुम्बिनी बौध विश्वविद्यालय र चीनको विद्यालयबीच सहकार्य भएर विद्यार्थी आदान प्रदान गर्ने गरिन्छ । मेट्रो कलेज लुम्बिनी बौध विश्वविद्यालयसंगै साझेदारी भएकाले यस कलेजका विद्यार्थीहरुलाई पनि चिन लैजाने गरिन्छ ।


चिनमा चार महिना सैद्धान्तिक पढाई र चार महिना प्रयोगात्मक कक्षा हुन्छ । हाल तेस्रो सेमेस्टरका विद्यार्थीहरुलाई यसरी चाइनिज भाषा सिकाउन थालिएको हो । उनीहरु सातौं सेमेस्टरमा चीन गएर पढ्ने हुन् । अहिले भाषाको लेभल एक पूरा गरिसकेका छन् । तीन वटा लेभलसम्म भाषा सिक्नु पर्छ ।