
भालुवाङ, २१ चैत ।
दाङको राप्ती गाउँपालिका–४, गोलीनालामा बिहीबार राती एक युवकको हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् ।
घटना भएको २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वको प्रहरी टोलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएको हो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दाङको बंगलाचुली निवासी बर्ष २० का संदिप वली, राप्ती गाउँपालिकाका बर्ष १८ को निश्चल चौधरी र राप्ती गाउँपालिका कै वर्ष १८ की आकृति बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रबक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । प्रहरीले घटना भएको थाहा पाए लगत्तै प्रहरी निरीक्षक ऐरीको टोलीले रातभर नै घटनास्थल सहितका ठाउँमा अनुसन्धान गरि बिहान ४ बजे मात्र पक्राउ परेका तीनको प्रमाण सहित पुष्टि गरेको प्रहरीले जनाएको छ ।
बिहिबार राती राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी १६ बर्षिय स्मित प्रधानलाई हत्या गरी वडा नं। ४ गोपीनालाको दोलाईखोला नजिक नालामा फालेको अवस्थामा शब फेला परेको थियो । उक्त घटना बारे प्रहरीलाई बिहिबार दिउँसो करिब १२ बजे खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको थियो । मृतक प्रधानको शरिरमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको हुन सक्ने बताईएको छ । यस्तै एक किशोर घाईते अवस्थामा भेटिएका थिए ।
मृतक प्रधान संगै गएका सोही ठाउँ निवासी बर्ष १६ का आयुषमान थापा घाइते भएको र उनको राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार चलिरहेको छ । थापा खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।आयुशमान थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक मेसेन्जर बाट भेट्न आउ भनि बोलाउदा निजहरु बिहिबार राती ८ बजे घरबाट ती युवती भेट्न निस्किएको बताईएको छ ।



लाइभदाङ । २१ चैत्र २०८२, शनिबार १६:२१ बजे