
दाङ,२० चैत।
रोटरि क्लब अफ दाङले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई चार थान “ह्वीलचेयर हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष रोशन दाहालले प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा। श्याम लम्साललाई हस्तान्तरण गर्नु भएको हो ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थि र अस्पतालका सह निर्देशक डा। सुरेश रसाईलिको उपस्थितिमा रोटरिले ह्वीलचेयर सहयोग गरेको हो ।
सो अवसरमा बोल्दै निमित्त उपकुलपति प्रा। लम्सालले अस्पतालका बिरामीलाई सहयोग गरेर ह्वीलचेयर हस्तान्तरण गरेकोमा रोटरि क्लब अफ दाङका अध्यक्ष रोशन दाहालसहित सिङ्गो रोटरि परिवारलाई धन्यवाद दिनुभयो ।
उहाँले सहयोगलाई उचित सदुपयोग गर्ने बताउदै आउदा दिनमा पनि प्रतिष्ठानलाई गर्ने सहयोग निरन्तर गर्न आग्रह गर्नुभयो । त्यस्तै क्लबका अध्यक्ष दाहालले रोटरिको सहयोगलाई उचित सदुपयोग गरिदिन अस्पताल प्रशासनलाई अनुरोध गर्नुभयो ।



लाइभदाङ । २० चैत्र २०८२, शुक्रबार १२:१५ बजे