आलीसाँधीका विषयमा विवाद हुँदा दाङमा महिलामाथि खुकुरी प्रहार

तुलसीपुर, १९ चैत । दाङमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

विहीबार शान्तिनगर ४ बैसा निवासी ४५ बर्षीय तिलकराम घर्तीले खुकुरी प्रहार गर्दा सोही ठाउँकी २८ बर्षीया आशा खड्का घाइते भएकीछन् ।

उनको टाउकोसहित बिभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ ।


आलीसाँधीका कारण खुकुरी प्रहार हुँदा गम्भीर घाइते भएकी खड्काको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको छ । खुकुरी प्रहार गर्ने घर्ती फरार छन् ।

उनी पूर्व सुरक्षाकर्मी रहेको समेत स्थानीयले बताएका छन् । साथै खुकुरी प्रहारबाट खड्काकी छोरी ७ बर्षीया आयुसा र देउरानी २२ बर्षीया समीक्षा पनि घाइते छन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।