जाल्फा लघुवित्तले शुक्रबारदेखि आइपिओ बिक्री खुल्ला गर्ने

जाल्पा सामुदायिक लघुवित्तले शुक्रबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। उक्त वित्तीय संस्थाले पाँच करोड २२ लाख रुपैयाँबराबरको पाँच लाख २२ हजार कित्ता धितोपत्रको आइपिओ जारी गर्न लागेको हो।


जारी गर्न लागेको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् आठ हजार कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको पाँच प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि हुनेछ भने बाँकी चार लाख ८७ हजार नाै सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। माघ २१ गतेबाट बिक्री खुला हुने आइपिओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ।