नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुरलाई शसक्त बनाएर लैजाने

तुलसीपुर, १७ चैत । नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुरलाई थप शसक्त बनाइने भएको छ ।

महासंघको दर्ता प्रक्रिया अघि बढिसकेको छ । अबको केही समयमा दर्ता प्रक्रिया पूरा हुने अध्यक्ष बेदप्रसाद वलीले बताए ।उनका अनुसार यो ब्यापारीहरुको हकहितमा काम गर्ने संस्था रहेको बताए ।

उनले यो संस्थाले सानादेखि ठूला सबै खाले ब्यबसायीहरुका हकहितमा बोल्ने बताए । संघको भर्खरै सम्पन्न बैठकमा उनले यस्तो बताए । बैठकमा महासंघका केन्द्रीय सदस्य मिनराज भण्डारीले ब्यापारीहरुको हकहितकालागि बोल्नकालागि यो संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।


त्यस अवसरमा संगठनका लुम्बिनी प्रदेश सचिब शेसकान्त ढकाल, पार्टीका जिल्ला समन्वय समिति सदस्य धनबहादुर बुढालगायतले मन्तब्य ब्यक्त गरेका थिए । साथै बैठकले महिला उपाध्यक्षमा बालिका बुढाथोकी र सचिबमा उमेश बुढालाई चयन गरिएको छ ।

बैठकमा पार्टी र संगठनका बिभिन्न तह र तप्काका नेतृत्वले आफ्नो भनाई राखेका थिए । बैठकको सहजीकरण महासचिब कृष्ण पुनले गरेका थिए ।