निर्वाचन आयोगले टुंगो लगायो समानुपातिक सिट, कुन दलले कति पाए ?

दाङ,२९ फागून ।
निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ।

बिहीबार आयोगले समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाउँदै उनीहरूलाई उम्मेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको हो।

आयोगका अनुसार छ वटा दलले मात्रै समानुपातिकतर्फ सिट पाएका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट पाएको छ भने नेपाली कांग्रेसले २० सिट पाएको छ।


त्यस्तै नेकपा एमालेले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ र श्रम संस्कृति पार्टी र राप्रपाले ४–४ सिट पाएका छन्।

समानुपातिक सांसदको सिट पार्टीहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा निर्धारण हुने गर्छ।