दाङको मलै केन्द्रमा भएन मतदान, जिलामा १० मत मात्रै खस्यो

दाङ, २१ फागुन ।
दाङको बबई गाउँपालिका वडा नं.७ मलै स्थित देउती मावि तल्लो मलईमा एक मत पनि खसेन् । बाँके राष्ट्रिय निकुञ्ज प्रभावित नागरिकले मतदान कार्य बहिष्कार गरे पछि एक मत पनि नखसेको हो।

जहाँ ५३० मतदाता थिए। त्यस्तै बबई १ मा पर्ने जनता मावि जिलामा पनि १० मत मात्रै खसेको छ। चाँद दिउँसो १ बजेसम्म एउटा पनि मत खसेको थिएन । त्यहाँका नागरिकले पनि मतदान कार्य बहिष्कार गरेका थिए। यद्यपि दिउँसो १ बजेतिर मात्रै १० जनाले मतदान गरेका हुन्। जहाँ ६८२ जना मतदाता रहेका थिए ।


त्यहाँका नागरिकले चुनाव आउनुभन्दा एक महिना अगाडिदेखि बस्ती स्थानान्तरण नभए निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका थिए ।
स्थानीयहरू आफ्नो गुनासो कसैबाट सुनवाई नभएपछि चुनावमा सहभागी नहुने अडानसहित निर्वाचन बहिष्कार गरेको बस्ती स्थानान्तरण सङ्घर्ष समितिका अध्यक्ष चन्द्रबहादुर सारू मगरले बताए ।

उनका अनुसार जंगली जनावरले आफूले लगाएको वालीनाली खाईदिने, घरपालुवा जनावर खाइदिने, बालबालिकालाई डर त्रास हुने अवस्था रहेको छ। यसकालागि बस्ति स्थानान्तरण गर्नुपर्ने उनको भनाईछ । यदि यो माग सुनुवाई नभए अन्य चुनावमा पनि भाग नलिने उनले बताए । त्यहाँ दर्जनबढि बस्ति छन् । त्यहाँ एक सय बर्ष अघि देखि मानव बसोबास थियो । पछि त्यो स्थानलाई समेटेर राष्ट्रिय निकुञ्ज बनाएको थियो ।