तुलसीपुर, २१ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैमा तिजको नाचगानका क्रममा विवाद हुँदा हातपात भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेलका अनुसार तुलसीपुर ६ का वडाध्यक्ष बर्षात भण्डारी र स्थानीय जितेन्द्र महताराबीच हातपात भएको हो ।
नाचगान गर्ने क्रममा विवाद भएपछि वडाध्यक्ष भण्डारी र स्थानीय महताराबीच हातपात भएको हो । हातपात हुँदा महताराको आँखाको मुनी चोट लागेको प्रहरीले बताएको छ । साँझ साढे ६ बजेतिर नाचगानका क्रममा विवाद पछि हातपात भएको हो ।
आफूलाई नाच्न भण्डारीले जबरजस्ती हात तानेको र नाच्न अस्वीकार गर्दा मुक्का हानेकाे महताराले बताए ।
वडाध्यक्ष भण्डारीले भने नाच्ने ठाउँ साँघुरो भएकाले ठूलो ठाउँ बनाऔं भनि प्रस्ताब गर्दा अटेरी गरेको प्रतिक्रिया दिएका छन् । उनले ४ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको समेत बताए ।
नाचगानका क्रममा हातपात हुन थालेपछि नाच समेत विथोलिएको थियो, भने अबस्था असामान्य भएको थियो । लगतै आएको प्रहरी टोलीले अध्यक्ष भण्डारीलाई त्यहाँबाट घर लगेर गएको थियो ।
लाइभदाङ । २१ भाद्र २०८१, शुक्रबार २३:०३ बजे