इट्टा व्यवसायी संघ दाङको अध्यक्षमा योगी

तुलसीपुर
१५ माघ /
दाङ देउखुरी इँटा व्यवसायी संघको अध्यक्षमा प्रेमनाथ योगीलाई चयन गरिएको छ ।
संघको शनिबार तुलसीपुरमा भएको सातौ साधारण सभा तथा चौथौँ अधिवेशनले योगीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।

त्यस्तै प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद महरा, द्वितीय उपाध्यक्षमा पुण्यलाल वली, सचिवमा युद्वबहादुर डिसी, कोषाध्यक्षमा मोहनलाल घर्ती, सहसचिवमा प्रकाश खडकालाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा केवल खत्री, मदन केसी, रेगबहादुर खत्री छन् । संघका अध्यक्ष रोमबहादुर वलीको अध्यक्षता सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।