तुलसीपुरबाट लागुऔषध ब्राउनसुगर सहित तिन जना पक्राउ

तुलसीपुर, १२ माघ ।
दाङमा प्रहरीले लागु औषध (ब्राउनसुगर) सहित तिन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा डिएसपी चक्र बहादुर शाहले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा तुलसीपुर १७ बस्ने २७ बर्षिय दामोदर केसी र २३ बषिय पुजन बुढाथोकी रहेका छन् ।

प्रहरीले विशेष सुचनाको आधारमा उनीहरुलाई गत शुक्रवार दिउँसो सवा चार बजेतिर सोहि ठाउँबाट अवैध लागु औषध(ब्राउन सुगर) सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट दुई सय तिस मिलिग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरेको डिएसपी शाहले जानकारी दिनु भएको छ ।


उनीहरु विरुद्ध जिल्ला अदालतमा लागु औषध मुद्धा दर्ता गरी सातको म्याद थप गरी अनुसन्धान भईरहेको उहाले जानकारी दिनुभएको छ ।यस्तैगरी गत शनिवार तुलसीपुर ९ बेलुवाबाट पनि एक जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा सोहि ठाउँ निवासी ३१ बर्षिय लाली वली योगी रहेका छन् । प्रहरीले उनको साथबाट एक सय साठी मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरी लागु औषध मुद्धामा सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।