तुलसीपुर
११ माघ / स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि दाङको तुलसीपुर स्थित मेट्रो अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम स्थगित गरिएको छ ।
अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि तीनदिनसम्म खोप कार्यक्रम स्थगित गरिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले बताए ।
उनका अनुसार हाल तुलसीपुरमा ७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
आज(मंगलबार)देखि खोप कार्यक्रम स्थगित भएको हो ।
लाइभदाङ । ११ माघ २०७८, मंगलवार १९:३० बजे