
दाङ, ६ माघ ।
देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छ्न । घाइते हुनेमा लमहीबाट जहरे तर्फ जादै गरेको रा ८ प ४७०४ नम्बरको ( बुलेट ) मोटरसाइकल चालक लमही नगरपालिका -५ निवासी ३१ वर्षिय महेश थापा, बर्दियाबाट बुटवलतर्फ आउदै गरेको लु. प्र. ०१ ००८ प ६६८८ नम्बरको रुपन्देही सैनामैना -७ निवासी नवीन थारु र सोही मोटरसाइकलको पछाडि सवार रहेका बर्दिया राजापुर -३ निवासी ३४ वर्षिय नेपालु चौधरी रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए ।
लमही नगरपालिका वडा नम्बर ८ को गोझेनामा तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरुको लमही अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । ठेडी लमही नगरपालिकाका प्रशाकीय अधिकृत हुन । उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको प्रहरीले जानकारी दिएको छ ।



लाइभदाङ । ७ माघ २०८२, मंगलवार २१:३८ बजे