सङ्क्रमितको घरदैलोमा चौतारी

तुलसीपुर ११ माघ ।

 प्रेस चौतारी दाङ शाखाले कोरोना सङ्क्रमणमा परेका सदस्यहरुलाई पौष्टिक खाद्यवस्तु र मास्क,स्यानीटाइजर घरमै पुगेर प्रदान गरेको छ । प्रेस चौतारी दाङ शाखाले आफ्ना सदस्यहरुको स्वास्थ्य अवस्था बारेमा जानकारी लिने र आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिइने शाखा अध्यक्ष इन्द्रविवश डिसीले जानकारी दिनुभयो ।


दाङ शाखाका सचिव किरण गौतम र कोषाध्यक्ष गोकर्ण पौडेलको संयोजनमा आवश्यक सामग्री संकलन गरिएको हो ।

प्रेस चौतारी दाङलाई सूर्या जैविक कृषि केन्द्र प्रालिका रामचन्द्र खडकाले कागती,नयाँ पाइला पुर्नस्थापना केन्द्रका निर्देशक सुरेश भुषालले च्यवनप्राश र प्रेस चौतारी दाङ शाखाका साधारण सदस्य बर्षात् भण्डारीले बट्टाईका अण्डा सहयोग गर्नुभएको थियो । संक्रमित सदस्यहरुको घरदैलोमा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष एवम लुम्बिनी प्रदेश इन्चार्ज सविन प्रियासन, प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, शाखा अध्यक्ष इन्द्रविवश डिसी, उपाध्यक्ष सुधासुमन ढकाल,सचिव किरण गौतम कोषाध्यक्ष गोकर्ण पौडेल कार्य समिति सदस्यहरु रमा नेपाली,माधव कडेँलले सामग्री हस्तान्तरण गर्नुभएको थियोे । त्यसैगरी सवारी दूर्घटनामा परी घाइते हुनुभएका पूर्व सचिव वसन्त विवश आचार्यको घरमै पुगेर स्वास्थ्य लाभको कामना गरिएको थिया