
दीपक बोहरा
दाङ,२३ पुस ।
राष्ट्रिय सभा निर्वाचनकालागि लुम्बिनीमा नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारी दर्ता गराएको छ ।
तीन सिटका लागि निर्वाचन हुन लागेको लुम्बिनीमा नेपाली कम्युनिष्ट पार्टीले अपाङग कोटाबाट बाँकेका सर्जन बिक, महिलाबाट दुर्गा भण्डारी र अन्यबाट नवलपरासी पश्चिमका बृस्पति अधिकारीले उम्मेदवारी दर्ता गरेका हुन् । उनीहरुले आज९मंगलबार० ३ बजेतिर दाङको घोराही स्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
लुम्बिनीमा प्रदेश सभा र स्थानीय तहगरी कुल ८७५३ मतभार छ । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्, जसको मतभार ४६८१ रहन्छ भने प्रदेशमा रहेका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जनाको मतभार ४१४२ रहन्छ। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ रहेको छ ।
यस हिसाबले राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशअन्तर्गत सबैभन्दा धेरै मतभार नेपाली कांग्रेसको ३१७९ रहेको छ ।
एमालेको २८१० र नेपाली कम्युनिष्ट पार्टीको १३९६ छ। त्यस्तै राप्रपाको २६९, नागरिक उन्मुक्ति पार्टीको २१२, जसपाको २७३, लोसपाको २३५, जनमतको १५९, राजमोको १२९, जनता प्रगतिशील पार्टाीको ३८ र स्वतन्त्र ५३ मतभार छ।



लाइभदाङ । २३ पुष २०८२, बुधबार १६:४१ बजे