स्याउला काट्ने क्रममा रुख ढल्दा मृत्यु

दाङ
७ माघ / दाङमा रुखले च्यापिएर एक ब्यक्तीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गढवा गाउँपालिका २ निवासी अन्दाजी करिब ३३ बर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।


शुक्रवार बिहान साढे ७ बजेतिर घर नजिककैको रुखमा स्याउला काट्ने क्रममा रुख ढल्दा यादवको मृत्यु भएको हो ।

उनको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।