दाङ क्षेत्र नं.३(२)मा मास्की कि बस्नेत ?

तुलसीपुर
१ मंसिर / दाङ क्षेत्र नं.३(२)मा दुबै नयाँ अनुसार चुनाबी मैदानमा छन् । हुकुम बस्नेत एमालेबाट उम्मेदवार छन् । एमाले दाङका अध्यक्ष समेत रहेका उनी पहिलो पटक चुनाबी मैदानमा होमिएका हुन् ।

उनको मतदाता नामावली ३(१)मा पर्छ , तर, उनी ३(२)मा उम्मेदवार बनेका छन् । त्यस्तै बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य धनबहादुर मास्की(राजेश) पनि पहिलो पटक चुनाबी मैदानमा छन् ।


मास्की सफल ब्यक्ती हुन् । उनी छोटो समयमै जनमुक्ती सेनाका डिभिजन कमाण्डरको हैसियतमा पुगेका थिए । छाटो समयमै पार्टीको केन्द्रीय कमिटिमा पुग्ने नेता हुन् ।‘जहाँ मास्की पुग्छ, त्यहाँ सफलता प्राप्त हुन्छ’ भन्ने छाप मास्कीले छोड्न सफल भए । त्यसैले पनि मास्कीले जितेमा पश्चिम दाङको विकास हुन्छ, भन्ने पनि अपेक्षा जनताले लिएका छन् । उनी उर्जाशिल युवा हुन् । उनलाई गठबन्धनको साथ छ ।

त्यमा पनि उनको आफ्नै क्षेत्र, आफै हुर्के बढेको ठाउँ भएकाले पनि त्यहाँका जनताले बढि चिन्ने गर्छन् । त्यसैले पनि मास्कीले जित निकाल्न सक्ने अनुमान गरिएको छ ।अहिलेसम्म कुनै विवादमा पनि नफसेका मास्की एउटा पार्टी मात्रै नभई समग्र जनताको भावना अनुसार काम गर्ने ब्यक्तीका रुपमा पनि परिचित छन् ।
यस्तो छ, अंक गणित ?
यस अघि भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा गठबन्धन ६ हजार २ सय ४१ मतले अघि छ । गठबन्धनले २७ हजार १ सय ९५ मत पाएको छ, भने एमालेले २० हजार ९ सय ५४ मत पाएको छ । यो मत तलमाथि हुने देखिन्छ । किनकी मास्की पश्चिम दाङवासी नै भएको र बस्नेत अर्को निर्वाचन क्षेत्रमा भएको ब्यक्ती भएकाले मास्कीलाई पश्चिम दाङबासीले विकासको आशाको केन्द्रका रुपमा हेरेका छन् ।