उपप्रमुख स्यानी चौधरीका ससुरा बोङलालको निधन

तुलसीपुर, ६ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला निवासी बोङलाल चौधरीको ८१ वर्षको उमेरमा असामयिक निधन भएको छ। उनी तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका ससुरा हुन् ।


उनको यही असोज ४ गते निधन भएको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । वडाध्यक्ष चौधरीले उनको निधनप्रति दुःख ब्यक्त गरेका छन् ।