प्रतिष्ठानमा ग्याष्ट्रोलोजी सेवा शुरू

घोराही, १० भदौ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ग्याष्ट्रोलोजी सेवा सुरु भएको छ ।

प्रतिष्ठानका अस्पताल प्रशासक झंकार लामिछानेले प्रतिष्ठानमा केही दिनदेखि ग्याष्ट्रोलोजि सेवा सुरु भएको जानकारी दिनुभएको छ । उहाँले सर्जरी विभागवाट ग्याष्ट्रो सर्जन डा। ज्योति खरेलले सो सेवा दिने बताउनुभयो ।


प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार युरोलोजि पछि ग्याष्ट्रा्लोजि सेवा सुरु भएसँगै उपचारमा आउने बिरामीको संख्या बढेको छ ।