सह–योगी शिक्षक प्रशिक्षण तालिम

देविराम कुसारी
तुलसीपुर, १२ पुस ।
बखरिया योग साधना केन्द्र तुलसीपुर १३ दाङको आयोजनामा आज शनिवार देखी १५ दिने सह–योगी शिक्षक प्रिशक्षण तालिम सुरु भएको छ ।

तालिमको उद्धघाटन सत्रमा बोल्ने सहभागी तथा प्रशिक्षकले प्रकृतिनै कमजोर भैरहेको तर्फ सचेत गराउदै मानिसले जिवनशैलीनै बदल्नुपर्ने सुझाव दिएका थिए ।


बखरिया साधना केन्द्रका अध्यक्ष नबराज रावतको अध्यक्षता तथा वाडा सदस्य खिमकान्त पाण्डेको प्रमुख आथित्यतामा भएको उद्धघाटन सत्रमा पतञ्जली योग दाङ जिल्ला मिडिया प्रभारी निमा बस्नेत, जिल्ला सदस्य सुमन गिरी र तुलसीपुर नगर अध्यक्ष प्रविता योगी लगाएतले बोल्नु भएको थियो ।

साधना केन्द्रका उपाध्यक्ष शुसिला रेग्मिको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण देविराम कुसारीले गरनु भएको थियो । तालिममा मिहला पुरुष गरी ३० जनाको सहभागिता रहेको छ ।