मानव बेचबिखनका पाँच मुद्दा लागेका आरोपित दाङका न्यौपाने पक्राउ

दाङ, २५ फागुन ।
मानव बेचबिखनका पाँचवटा मुद्दा लागेका अरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय कमलकुमार न्यौपाने छन् ।

उनलाई ब्युरोको टोलीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेर आइतरबार सार्वजनिक गरेको हो । उनीमाथि विभिन्न देश पठाउने नाममा ठगी गरेको आरोप छ ।


आफूहरूलाई विभिन्न देशमा बन्धक बनाएको दाबीसहित आठ जनाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान भइरहेको ब्युरोका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।