पत्रकार महासंघ दाङको ३३ औ स्थापना दिवस

दाङ, ४ पुस ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले अभिब्यक्ति स्वतन्त्रतामा सबै सकारात्मक हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३ औं स्थापना दिवसका अबसरमा उनले श्रमजीवी पत्रकारलाई यही पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने बताए । सरकारले निति बनाएर पत्रकारका पक्ष काम गर्नुपर्ने बताए ।

नागरिकले सोसलमिडियामा आउने गलत कुरालाई बिश्वास गर्न नहुने र तथ्य जाँच गरेर मात्र सुसूचित हुनुपर्ने बताए । पत्रकार महिलालाई चुनौती छ तर पनि पत्रकारिता पेसालाइ निरन्तरता दिनुपर्ने बताए । निरन्तरताले शिखरमा पुराउने उहाँको धारणा थियोे ।
केन्द्रीय तहदेखि संघीयता सम्म पत्रकारिता राम्रो भएको बताए । अध्यक्ष शर्माले पत्रकारले सामाजिक संजाल प्रयोग गर्दा जिम्मेवार हुनुपर्ने बताए ।

पत्रकार महासंघ दाङका सस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले चौथो अंगलाइ पहिलो बनाउनुपर्ने बताए । भौतिक बिकास गरेर मात्रै हुदैन । ज्ञानलाइ पहिलोमा राख्नुपर्ने बताए ।
देश बिकासको लागि पत्रकार बिभाजित नभएर अघि बढ्नुपर्ने बताए । पत्रकारितालाइ बचाउनका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए । पत्रकार शुद्धिकरणका लागि जिल्ला र प्रदेशले गर्नुपर्ने बताए ।


घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले पत्रकारको सुरक्षा र रोजगारको ज्ञारेन्टी हुनुपर्ने बताए । शक्तिको आडमा पत्रकारको घाँटी निमोठ्ने काम गर्न नहुने बताए । घोराही उपमहानगरपालिका सधैं साथमा रहेको बताए ।
नेपाल पत्रकार महासंंघका केन्द्रीय सचिव सबिन प्रियासनले पत्रकारले आफुलाइ सुधार गरेर काम गर्नुपर्ने र पहिलो अंगका रूपमा पत्रकारहरु स्थापित हुनुपर्ने बताए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले केही गलत काम गरेका पत्रकारका कारण अन्य पत्रकारलाई सम्मान नगरेको बताए । पत्रकारले आचारसंहितामा रहेर काम गर्नुपर्ने बताए ।
पत्रकारले गर्ने आचारणका कारण खतरा आउने भएकाले आफुलाइ सच्याउन जरुरी रहेको बताए । प्रदेशले पत्रकार कल्याण कोश चलाउने तयारी गरेको बताए ।

सोअवसरमा महिला पत्रकारहरु लक्ष्मी आचार्य, सुशिला शर्मा, रञ्जिता अधिकारी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनील केसी, अधिकारकर्मी गोमा महरा लगायतले बोलेका थिए ।
महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव जेएन सागरले गररेका थिए । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत १६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान गरिएको थियोे ।