दाङ, ०४ पौष ।
मङ्सिर २० गते लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्तिलाई दाङ प्रहरीले सार्वजनिक गरेको छ।
बंगलाचुली गाउँपालिका – ४ काभ्रे बस्ने वर्ष ३३ को लेखराज केसीलाई जिल्ला प्रहरी कार्यालय, दाङले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
केसीलाई शुक्रबार बिहान ७ बजे राजपुर( १ मारुनी खोलास्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो।
उनलाई दाङ जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी घटनाको विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए।



लाइभदाङ । ४ पुष २०८२, शुक्रबार २०:३१ बजे