जेसिजको अध्यक्षमा मिनराज भाट निर्बाचित

दाङ, २७ मंसिर । त्रिभुवन नगर जेसिज घोराहीको अध्यक्षमा युबा ब्यबसायी मिनराज भाट निर्बाचित भएका छन । जेसिज निर्बाचन समितिका संयोजक रबिकिरण केसिले भाटले चुनाब जितेको पुष्टि गरे । भाटले ५ मतको अन्तरले चुनाब जितेका छ्न ।

केसिका अनुसार भाट जेसिजको अध्यक्षमा ३५ मत ल्याई बिजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वि किरण गौतमले ३० मत ल्याएका थिए । यसअघिको जेसिजको अध्यक्षमा भएको अन्नत आरसि र किरण गौतम बिचको चुनाबमा किरण पराजित भएका थिए।


कुल मतदाताको संख्या ६५ रहेको थियो । हरेक बर्ष नेतृत्व चयन हुने गरेको जेसिजमा नेतृत्व छान्न युबाहरुको बिचमा लोकतान्त्रिक विधि चुनाब हुने गरेको छ ।