
दंगीशरण, २४ मङ्सिर ।
दंगीशरण गाउँपालिकाले ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारा सहित सञ्चालन गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान एक औपचारिक समारोहबीच सम्पन्न गरेको छ। महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा तथा पालिका स्तरीय शक्ति युवा क्लब र ओरेक नेपालको समन्वयमा अभियानको औपचारिक समापन गरिएको हो।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले शिक्षा र जनचेतनाको माध्यमबाट महिला हिंसा न्यूनीकरण गर्न सकिने बताउँदै हिंसा अन्त्यका लागि प्रत्येक व्यक्तिको सकारात्मक सोच आवश्यक रहेको उल्लेख गरे।
त्यसैगरी, कार्यक्रमकी अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले महिलाहरू स्वयं जागरूक बन्नुपर्ने आवश्यकता औंल्याउँदै महिला हिंसा सहेर बस्न नहुने र सबै तह–तप्कामा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखिन्।
समापन समारोहका अवसरमा आयोजित खुला महिला वक्तृत्वकला प्रतियोगितामा एलिशा परियार प्रथम, रेनुका बिक द्वितीय र सुमित्रा शर्मा तृतीय भएका थिए ।
कार्यक्रम महिला मानव अधिकार रक्षक संजाल दाङकी उपाध्यक्ष पद्मा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रमको सहजीकरण गाउँपालिकाका कम्प्युटर अपरेटर प्रमोद आचार्यले गरेका थिए।



लाइभदाङ । २५ मंसिर २०८२, बुधबार २०:०६ बजे