सरोज कुमार लामिछाने, दाङ तुलसीपुरका स्थापित ब्यक्ती हुन् । उनको छुटै पहिचान बनाउने एउटा क्षेत्र हो – बैंक । सबैको आ–आफ्नै परिचय हुन्छ । सरोजको परिचय भने बैंकसंग जोडिएको छ । २०३५ साल असोज १२ गते साविक पवननगर गाबिस वडा नं. ५ मा जन्मिएका उनी हाल मुक्तीनाथ विकास बैंक तुलसीपुरको प्रमुख छन् ।
उनी पढाईमा निकै मेहेनेति थिए । उनी राप्ती बिद्या मन्दिर माबी बालापुर हुँदै एसएलसी सिद्द पृथ्वी जनता माध्यमिक बिद्यालय श्रीगाउबाट गरे । त्यसपछि उनी उच्च शिक्षा हाँसिल गर्न काठमाडौं गएका थिए । पिपुल्स क्याम्पस काठमाडौबाट ब्यबस्थापनको पढाई सक्दै गर्दा नै उनले जागिरे जीवन सुरुवात गरेका थिए । पढ्दा पढ्दै ट्राभल एजेन्सीमा जागिर सुरु गरेका उनले मिडिया क्षेत्रमा पनि काम गरे ।‘मैले पढ्दा खेरि नै निकै संघर्ष गरेँ’,उनी भन्छन्‘ पढ्दै जागिर गर्दै पनि गरेँ, मिडिया क्षेत्रमा पनि उत्तिकै अनुभव छ ।’
उनको सानैदेखिको लगाब बैंकमा थियो । त्यही भएर पनि उनले बैंक क्षेत्रमा प्रवेश गर्ने ढोका खुल्ला भयो । उनी सिद्धार्थ बिकास बैंकको केन्द्रीय कार्यालयबाट बैंकिङ सेवा प्रवेश गरेका हुन् । त्यसपछि उनी सिदार्थकै धनगढी, नेपालगन्ज लगायतका शाखामा कार्यरत रहे । उनलाई आफ्नै ठाउँ जानुपर्छ, भन्ने लाग्यो र तुलसीपुर आए । उनी अहिलेसम्म काम गरेको ९ बर्ष भयो । आफ्नो काममा पूर्ण जिम्मेवारीका साथ लाग्ने उनी बताउछन् ।
उत्कृष्ट कर्मचारी र शाखा बनाए
उनले काम गरेर जागिर मात्रै खाएका छैनन्, आफ्नो कामप्रति निकै प्रतिबद्ध भएर लागेका छन् । फलस्वरुप उनले आफ्नो शाखालाई देशकै उत्कृष्ट शाखा बनाउन सफल भएका छन् । त्यतिमात्रै होईन्, उनी पनि सबै कर्मचारी मध्ये उत्कृष्ट बनेका छन् ।
यसैलाई उनी आफ्नो सम्पति ठान्छन् ।‘मैले जागिर मात्रै खाना खोजेको भएपनि जागिर त हुन्थ्यो’, उनलेभने‘तर, मैले जागिर मात्रै हेरिन, आफू जोडिसकेपछि नयाँ र उत्कृष्ट काम गर्नुपर्छ, भन्ने सोँचका साथ अघि बढेँ, फलस्वरुप अहिले म पनि उत्कृष्ट कर्मचारी भएँ, भने शाखा पनि उत्कृष्ट बनाउन सफल भएँ ।’
उनी सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । हरेक ब्यक्ति तथा समाजलाई अफ्टेरो पर्दा सधैं हाँजिर हुन्छन् । कोरोनाको समयमा पैदल यात्रुलाई खाना खुवाउनेदेखि उपमहानगरपालिकालाई सहयोग गर्नेसम्मका काम गरेका छन् ।
उनी सामाजिक संघसंस्थामा पनि जोडिएका छन् । उनी तुलसीपुर बैंकर्स क्लबको अध्यक्ष भएर थुप्रै सामाजिक काम गरेका छन । क्लिन तुलसीपुर ग्रीन तुलसीपुरको अभियानमा पनि बैंकर्स क्लबको तर्फबाट काम गरेका छन् । हाल नेपाल–भारत मैत्री संघको आजिबन सदस्य छन् । लायन्स क्लबमा पनि सक्रिय रहेका उनी कालिका मन्दिरमा क्रियापूत्री भवन निर्माणकालागि सहयोग गरेका छन् । उनले जेष्ठ नागरिकलाई पनि सहयोग गरेका छन् । विरामीलाई आबश्यक परेको बेला रक्तदान गर्ने पनि गर्छन् । त्यतिमात्रै होईन्, सरसफाईमा पनि उनको उत्तिकै योग्दान छ ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत १९ वटै वडालाई डस्टविन सहयोग गरे । उनको परिवार नै सामाजिक सेवामा सक्रिय परिवार हो । उनको वुवाले लक्ष्मिनारायण मन्दिरमा रहेको गौशाला निर्माणकालागि सहयोग गरे । राप्ती प्रादेशिक अस्पताल निर्माणमा पनि सहयोग रह्यो । उनका दाईपनि बैंककै कर्मचारी हुन् । अहिले परिवारमा बुवा, आफू, श्रीमती संगै दुई छोरा छन् । दुइवटी दिदी छन् । दाइ पनि बैंकर छन् ।आमाको मृत्यु २०६७ सालमा भएको थियो । उनका वुवा तुलसीपुर स्थित त्रिसिद्धेश्वरी मन्दिर ब्यबस्थापन समितिको कार्यबहाक अध्यक्ष छन् । उनी विगत लामो समयदेखि मन्दिरको विकासमा टेवा रहेको छ । मन्दिरमा धर्मशाला निर्माण गर्न उनको महत्वपूर्ण भूमिका रहेको छ ।उनले विपि कोईराला उच्च माविमा पनि सहयोग गरेका छन् । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ४ माघ २०७८, मंगलवार १३:११ बजे