
तुलसीपुर, २३ मंसिर ।
दाङको तुलसीपुर उपमहानगर–पालिका वडा नं.७ मोतिपुर निवासी रुद्रमणी पौडेलले आफूले लगाएको रुद्राक्षको फल एक मुखे भेटिएपछि विक्री गरेका छन् । कृषिको बागबाणि अधिकृतबाट अवकास जीवन विताईरहेका पौडेलले घरमा दुई वटा रुद्राक्षको बोट रोप्नु भएको छ । जसमा एउटा रुखबाट एउटा एक मुखे रुद्राक्ष भेटिएको थियो । त्यो रुद्राक्षलाई एकलाख २० हजारमा बिक्री गरेको बताए ।
“यो वर्ष एक मुखे दुई वटा थियो, एउटा चराले खाइदियो”,उनले भने “एउटा बाँकी थियो, त्यसलाई एक लाख २० हजारमा विक्री गरेँ ।” ६ वर्ष अघि उनले घरमा रुद्राक्ष रोपेका थिए । गएको वर्ष दुई वटा बोटबाट गरि ६ किलो मात्रै रुद्राक्ष उत्पादन भएको थियो ।
तर, यस वर्ष भने उत्पादन पनि बृद्धि भएको छ । यस वर्ष ३५ केजी भन्दा बढि उत्पादन भएको छ । एकसय ८ दानाको एउटा माला बन्ने भएकाले त्यही मालाको दरले विक्री गर्ने गरिएको छ । एउटा मालाको ६ सय ५० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए ।
रुद्राक्षबाट राम्रो आम्दानी लिन सकिने उनले बताए । एक मुखे र चौध देखि २१ मुखेसम्मका रुद्राक्ष लोपन्मुख मानिन्छन् । ति निकै महंगो जाने गर्छन । गौरीशंकर, गणेश, मुखद्वार भएका रुद्राक्ष पनि महंगोमा नै बिक्री हुने उनले बताए ।



लाइभदाङ । २४ मंसिर २०८२, मंगलवार १८:४७ बजे