पद्मोदयले ग¥यो भ्रमण खर्च ९ लाख

घोराही,२४ माघ। घोराहीको पुरानो बिद्यालय पद्मोदय पब्लिक नमुना उमाबिमा शैक्षिक भ्रमणको नाममा लाखौ रुपैया खर्च गरिएको खुलासा भएको छ ।

बिद्यालयका शिक्षक, कर्मचारी, शिक्षक अभिभाबक संघका अध्यक्ष, जनप्रतिनिधी, बिब्यस सदस्य लगायतले शैक्षिक भ्रमण गरेका हुन । सोही भ्रमण अन्तरगत मुस्ताङ लगायत बिभिन्न ठाउँहरु घुमेर फर्किएका हुन ।


बिद्यालयका प्रधानाध्यापक रामप्रसाद जैसिले बिद्यालयको गुरुयोजना निर्माण अन्तरगतको भ्रमण शिर्षकमा छुट्याएको बजेट खर्चिएको बताए ।

उनले ९ लाख रुपैयाँ भ्रमणमा खर्च भएको जानकारी दिए । सरकारले नमुना बिद्यालय अन्तरगत दिने बर्षेनि १ करोड बजेटबाट निरन्तर भ्रमण हुँदै आएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिबकुमार आचार्यले बार्षिक गुरु योजना अनुसार नै भ्रमणमा पैसा खर्च भएको स्विकार गरे ।