तुलसीपुरमा ठूलो श्वरमा मोटरसाईकल पड्काउनेलाई कारवाही

दाङ, १५ मङ्सिर ।
दाङको तुलसीपुरमा ठूलो श्वरमा मोटरसाईकल पड्काउनेहरुलाई कारवाही गर्न थालिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले शनिबारदेखि ठूलो श्वरमा साइलेन्सर पड्काउने चालकहरुलाई कारवाही गर्न थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होेमबहादुर पराजुलीले बताउनुभयो ।


ठूलो श्वरमा मोटरसाईकल पड्काउँदा ध्वनी प्रदुषण भइरहेको भन्दै यसलाई न्यूनिकरण गर्न यो अभियान थालिएको हो । शनिबार र आईतबार गरि दुई दिनमा १० वटा त्यस्ता मोटरसाइकललाई कारवाही गरिएको छ । उनीहरुलाई कानुन बमोजिम कारवाही तथा जरिवाना गरिने उहाँले बताउनुभयो । सबै भन्दा धेरै बुलेट मोटरसाईकलमा यस्तो समस्या देखिएको उहाँको भनाई छ । यसमा सबैले सहयोग गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।