तुलसीपुरमा ‘थर्ड आई नेपाल’को रक्तदान

तुलसीपुर, १४ पुस । ‘थर्ड आई नेपाल’ले तुलसीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कालिका रक्तसञ्चार केन्द्र तुलसीपुरमा शनिबार रक्तदान गरिएको हो । त्यस अवसरमा १४ जनाले रक्तदान गरेका हुन् । तुलसीपुरमा पछिल्लो समय रगत अभाब रहेकाले आफूहरुले उक्त कार्यक्रम आयोजा गरिएको उक्त संस्थाका सदस्य सुगम भण्डारीले बताए ।


कुनै विरामी रगत नपाएर छट्पटाउने अबस्थामा आफूहरुको सानो सहयोगले पनि कसैको जीवन बच्न सक्ने भन्दै उक्त कार्यक्रम आयोजना गरिएको उनले बताए । उक्त संस्थाले यस्ता सामाजिक कार्य गर्दै आएको समेत सदस्य भण्डारीले बताए ।

कार्यक्रममा अध्यक्ष बसन्त गिरी, सचिब सन्तोष लामिछाने,कोषाध्यक्ष रेसम बस्याललगायतकाे सहभागिता थियो ।