बाहिनी चोकमा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्न माग

तुलसीपुर,३० फागुन ।
दाङ तुलसीपुर उपमहानगरपालिकाको बाहिनी चौकमा पृथ्वीनारायण शाहको शालिक निर्माणकालागि स्थान माग गरिएको छ ।

राष्ट्रिय शक्ति निर्माण समूहले वाहिनी चौकमा शालिक निर्माण गर्न सम्बन्धित टोल विकास संस्थाको सहमति सहित स्थान माग गरेको थियो ।


सोही स्थानमा शालिक स्थापनाको सहमति प्रदान गर्न नगरप्रमुख टिकाराम खड्कालाई जिम्मेवारी प्रदान गरेको छ । उपमहानगरपालिकाको नवौं कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।