
काठमाडौं, १० मंसिर ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थप भएको छ। निर्वाचन आयोगको बुधबार साँझ बसेको बैठकले मंसिर १४ गतेसम्म दल दर्ताको समय थप्ने निर्णय गरेको हो।
२१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि दल दर्ताको समय १ मंसिरदेखि १० मंसिर ९आज०सम्म तोकिएको थियो। नयाँ दर्ताको प्रक्रियामै रहेका २० दलको आग्रहमा आयोगले चार दिन समय थप गरेको हो।
आज साँझ ५ बजेसम्म १०१ दलले निर्वाचनका लागि निवेदन दिएका आयोगले जनाएको छ।



लाइभदाङ । ११ मंसिर २०८२, बुधबार १९:४१ बजे