दाङमा ‘स्मार्ट लकडाउन’

तुलसीपुर
२९ पुस / कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेपछि दाङमा ‘स्मार्ट लकडाउन’ गरिएको छ ।

जिल्ला स्तरीय कोरोना व्यवस्थापन समितिको विहीबार बसेको बैठकले आज राति १२ बजेदेखी स्मार्ट लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।


उहाँले होटल, रेष्टुरेन्ट पार्टी प्यालेसहरु हरेक दिन साझ ७ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ । साथै सार्वजनिक स्थलमा २५ जना भन्दा धेरैको जमघट गर्न नदिने, माघको अवसरमा कुनै पनि मेला महोत्सव सञ्चालन नगर्ने, दाङमा आउदो माघ ७ गतेदेखी खोप कार्ड भए मात्रै सार्वजनिक स्थानहरु कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रंंगशाला, हवाईमार्गलगायतका क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड लागु गर्ने निर्णय गरेको उहाँको भनाई छ । तर, खोप कार्ड मोवाईलमा खिचेको भएपनि मानिने उनको भनाई छ ।

साथै पालिकाहरुले कोरोना संक्रमण दरका आधारमा जिल्ला प्रशासन कार्यलयबाट स्वीकृति लिई पालिकाले थप कडा लकडाउन गर्न समेत उहाँले बताउनुभयो ।