
काठमाडौं, २९ कात्तिक ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले आइतबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढाएको छ । डिजेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट नेपाललाई पछिल्लोपटक पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ५४ पैसाले बढाइएको छ । डिजेलको मूल्य ६ रुपैयाँ ५३ पैसाले बढेर आएको निगमले जनाएको छ ।




लाइभदाङ । ३० कार्तिक २०८२, शनिबार २१:४० बजे