नेपाली काङ्ग्रेस तुलसीपुर नगरद्वारा वि.पि काे सालिक ताेडफाेड गर्नेलाई कार्वाहीकाे माग

दाङ, ६ पुष ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ वि.पि चाेकमा रहेको वि.पिकाे सालिक ताेडफाेड भएको छ । नेपाली काङ्ग्रेस तुलसीपुर नगरले सालिक ताेडफाेड गर्ने व्यक्तिलाई प्रशासनसंग कार्वाहीकाे माग गरेको छ ।


प्रस विज्ञप्तिमा लेखिएको छ ” नेपाली काङ्ग्रेस संस्थापक नेता प्रथम जन निर्वाचित प्रधानमन्त्री महामानव विश्वेश्वरप्रसाद काेइराला प्रतिमा अज्ञात समुह द्वारा ढुङ्गगा प्रहार गरि ताेडफाेड गरिएको प्रति नेपाली काङ्ग्रेस, तुलसीपुरकाे गम्भीर ध्यानाकर्षण भएको छ । मुलुककाे लाेकतन्त्र र समृद्धमा महत्त्वपूर्ण याेगदान पुर्‍याउनु हुने व्यक्तिको शालिकमा ताेडफाेड गर्ने घृणित कार्य प्रति खेदप्रकट गर्दछौं । तत्काल दाेषिकाे खाेजि गरि कार्वाहीकाे प्रशासनसंग माग गर्दछाैं ।”