तुलसीपुरका किसानलाई अनुदानमा गहुँको बीउ

तुलसीपुर, २१ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ । विहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउँ वितरण सुरु गरेको हो । यस बर्ष दुई हजार क्वीन्टल गहुँको बीउ वितरण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो ।

उहाँका अनुसार गौतम,विजय र बाणगंगा जातका बीउ ल्याईएको छ । जसमा ७० क्वीन्टल गौतम, ९० क्वीन्टल विजय र ४० क्वीन्टल बाणगंगा बीउ ल्याईएको हो । किसानहरुलाई सहजताकालागि यसरी बीउ ल्याएर वितरण गर्ने गरिएको उहाँको भनाई छ ।


उहाँका अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराउने गरिएको छ । जसमा किसानलाई प्रतिकिलो ३७ रुपैँया पर्न जान्छ ।