
तुलसीपुर(दाङ),१९ कात्तिक । दाङमा लुम्बिनी प्रदेश स्तरीय अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । नेपाल पुलिस स्कुल घोराही, दाङको आयोजनामा बुधबारदेखि‘डिआईजीपी फुटबल रनिङ ट्रफि २०८२’ सुरु भएको हो । प्रतियोगिताको दाङका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा प्रदेशका २२ वटा विद्यालयका २४ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत बुधबार नेपाल पुलिस स्कुल (एनपिएस ब्लू) र ज्ञान ज्योती एजुकेशनल एकेडेमी, घोराही, दाङ विच भएको थियो ।
खेलमा २–१ ले नेपाल पुलिस स्कुल विजय भएको थियो । खेल कार्तिक २९ गतेसम्म सञ्चालन हुनेछ । विहीबार पहिलो खेल बिहान ९ बजे दिपशीखा मावि र राप्ती मोडर्न एकेडेमी विच हुनेछ ।
विद्यार्थीहरुलाई खेल क्षेत्रमा स्थापित गर्नकालागि प्रतियोगिता आयोजना गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रामबहादुर केसीले बतानुभयो ।



लाइभदाङ । २० कार्तिक २०८२, बुधबार २१:२९ बजे