सगरमाथामा खेलकूद सप्ताह सुरु

तुलसीपुर,२४ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बेलुवा स्थित सगरमाथा बाल बाटिका इग्लिस बोर्डिङ स्कुलमा खेलकूद सप्ताह सुरु भएको हो । मंगलबार एक कार्यक्रमकाबीच खेलकूद सप्ताह सुरु भएको हो ।

विद्यालयका प्रिन्सिपल छबिकुमार वलीको अध्यक्षतामा कार्यक्रम गरि सप्ताह सुरु भएको हो । २७ माघसम्म चल्ने सप्ताहमा सिनियर तर्फ फुलटब, १०० मिटर, २०० मिटर र ४०० मिटर दौड प्रतियोगिता हुनेछन् ।


छात्र र छात्राहरुको छुट्टा छुट्टै खेल हुनेछ । त्यस्तै जुनियर तर्फ तातो आलु,नृत्य ,गायन,चम्चा दौड र फ्रग रेश प्रतियोगिता हुनेछन् । बिजेताहरुलाई २८ माघमा परेको अभिभावक दिवसको अवसरमा पुरस्कार वितरण गरिनेछ । विद्यार्थीहरुको मानसिक,शारिरीक, सामाजिक तथा संवेगात्मक विकास गरि कुलस तथा सफल नागरिक बनाउन खेलको आयोजना गरिएको हो ।

अतिरिक्त खेल संयोजक पविता विश्वकर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कल्पना केसीले गरेकी थिइन् । त्यस अवसरमा प्रिन्सिपल वलीले खेल संयोजक ठाकुर डाँगीलाई खेल सामग्री हस्तान्तरण गरि खेल सप्ताहको सुरुवात गरिएको थियो ।