
तुलसीपुर, १३ कात्तिक । दाङको तुुलसीपुर स्थित ज्ञान ज्योति फाउन्डेसनले एमविएमा उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ ।
विद्यालयले एमबी अध्ययन सञ्चालन गरेको पहिलो वर्षमै प्रथम सेमेस्टरका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएको दावी गरेको हो । सिइओ सुरेन्द्र जीसीका अनुसार मङ्गलबार सार्वजनिक भएको नतिजा अनुसार छात्रा वर्षा केसीले ३.६७ जिपिए ल्याएकी छन् ।
त्यस्तै अन्य सबै विद्यार्थीहरूले राम्रो जीपीए ल्याएर उतिर्ण गरेका छन् । हाल विद्यालयमा विविए, विएसीसीएसआईटि, विसीए, विएस्सी, विविएस र विए संकायमा अध्यापन गराउदै आएको छ ।



लाइभदाङ । १४ कार्तिक २०८२, बिहीबार ०७:३६ बजे