सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ कात्तिक ।
नेपाली बजारमा सुनको थप मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोलामा २ हजार ९०० रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सोमबार छापावाल सुन मूल्य प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ। यससँगै सोमबार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार ९ सय २० रुपैयाँमा खरिदबिक्री हुँदैछ।